Skip to content
nabil bank inside

नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्दै नेता कँडेल

nmb bank inside

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि उनले दाबी पेसका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको आह्वानअनुसार बिहीबार नेता कँडेलले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँको भनाइ छ ।

प्रमुख सचेतक पछाईँले भने, ‘माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसक्षम दाबी पेस गर्न जान्छौँ ।’ कर्णाली प्रदेश प्रमुख परियारले मुख्यमन्त्री पदका लागि यही चैत २७ गते साँझ दाबी पेस गरिसक्नुपर्ने गरी समयसीमा तोकेका छन् ।

प्रदेश प्रमुख परियारले बुधबार विज्ञप्ति जारी गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका हुन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्