Skip to content

मन्त्री शर्मा भन्छिन्:-‘सञ्चारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्छ’

nmb bank inside

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्ने बताएकी छिन् । नेपाल पत्रकार महासङ्घ दाङले सोमबारदेखि आयोजना गरेको ‘मिडिया महोत्सव’को उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

सञ्चारमाध्यमले समाजमा रहेका नकारात्मक पक्षलाई प्राथमिकता दिनुभन्दा सकारात्मक पक्षलाई समात्नुपर्नेमा जोड दिएकी छिन् । नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा विषय प्राथमिकतासहित आउँदा त्यसले समाजलाई नकारात्मकतर्फ लैजाने मन्त्री शर्माको भनाइ छ । सञ्चारमाध्यममा निराशाभन्दा आशाका कुरा बढी आउनुपर्नेमा उनले जोड दिएकी छिन् । ‘समाजमा केही नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति पनि हुन्छन् । उनीहरूका विषय प्राथमिकतामा आउँदा समाज नकारात्मकतर्फ जाने सम्भावना बढी हुन्छ’, मन्त्री शर्माले भनिन, ‘यसले प्रशासन, पत्रकारितालगायतका जुनसुकै क्षेत्रमा राम्रा मान्छे छैनन् भन्ने सन्देश जान्छ । त्यसैले हामीले सकारात्मक विषयवस्तुलाई समाचारमार्फत उजागर गर्न आवश्यक छ ।’

सञ्चारमाध्यमले विदेश जान लाइन लागेका व्यक्तिलाई समावेश गरिरहँदा विदेशबाट स्वदेश फर्किएर स्वरोजगार बनिरहेका, कृषि, व्यापार व्यवसाय तथा अन्य पेसाका माध्यमबाट समाजमा उदाहरणीय बनेका व्यक्तिका विषय समावेश नगर्दा युवापुस्तामा विदेश जान प्रेरणा मिल्ने गरेको मन्त्री शर्माको भनाइ छ । पत्रकार महासङ्घले मुलुकमा गणतन्त्र स्थापनाका लागि सुरुमा आवाज उठाएको भन्दै यसबाट प्राप्त उपलब्धि जोगाउन महासङ्घको भूमिका महत्वपूर्ण हुने उनी बताउँछिन् ।

गणतन्त्र स्थापनाका साथै मुलुकमा अल्पसङ्ख्यक, दलित, महिला, जनजाति, पिछडिएको वर्ग सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेको भन्दै यसलाई जोगाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । आज देखि सुरु भएको महोत्सव भोलिसम्म सञ्चालन हुनेछ । पत्रकार महासङ्घ दाङ शाखाको १२औँ अधिवेशन तथा २२औँ साधारणसभाका अवसरमा मिडिया महोत्सवको आयोजना गरिएको हो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्