काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ३५ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १९ पैसा रहेको छ ।
