Skip to content
nabil bank inside

बुधबार तरकारी तथा फलफूलको भाउ कति ?

nmb bank inside

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा टनेल ५०, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा तराई ३० रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ र सेतो आलु ४५, भारतीय सुकेको प्याज ७८ रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली ज्यापु ६० रुपैयाँ, सेतो मुला हाइब्रिड ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ९०, मकै बोडी ८०, मटरकोशा १८० रुपैयाँ, लोकल घ्यु सिमि ८०, हाइब्रिड घ्यु सिमि ८०, राजमा ११०, भटमासकोसा १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

आज तितो करेला ४०, लौका ५०, लोकल परवर ८० रुपैयाँ, परवर तराई ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी ३५, सखरखण्ड ७०, स्कुस ७०, रायो साग ४० रुपैयाँ, पालुंगो साग १५० रुपैयाँ, चम्सुरको साग १३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १३० रुपैयाँ, हरियो प्याज ८०, तरुल १००, कन्य च्याउ १४०, डल्ले च्याउ ३५०, कुरिलो ३००, न्युरो १२०, ब्रोकाउली ९०, चुकन्दर ६०, सजीवन ९०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, सौफको साग १३०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो बुलेट ९०, खुर्सानी हरियो माछे ६०, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

बुधबार हरियो लसुन ७०, हरियो धनिया १००, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १२० रुपैयाँ र छ्यापी हरियो १५० रुपैयाँ, फुजी स्याउ ३००, केरा दर्जन १२०, कागती २५०, अनार ३५०, आँप माल्दह २००, आँप दसहरी २००, आँप कलकत्ते १८०, हरियो अंगुर १८०, किवि ६००, आभोकाडो ६००, तरबुजा हरियो २५, मौसम १५०, जुनार २५०, लोकल काक्रो ४०, हाइब्रिड काक्रो २०, चाइनिज नासपाती २२०, नेपाली मेवा ९०, भारतीय मेवा ९०, भुई कटहर प्रति गोटा १८० र  रुख कटहर ६० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्