सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका पहिलो दिन चार खेल सम्पन्न भएका छन् । मंगलबार भएका प्रतिस्पर्धामा एपीएफ, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् ।
महिला बास्केटबलको फुल कोर्ट (५ अन ५) विधातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरले पराजित गरेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को प्रतिस्पर्धात्मक अन्तरले हराएको छ ।
यसैगरी थ्री अन थ्री विधातर्फ त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई १७–१२ को अन्तरले पराजित गरेको छ । अर्को खेलमा बागमती प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ९–६ को अन्तरले हराउँदै जित निकालेको छ ।
पहिलो दिन फुल कोर्ट र थ्री अन थ्री दुवै विधामा दुई–दुई खेल भएका हुन् । पहिलो दिन चार खेल सम्पन्न भएको राष्ट्रिय बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले जानकारी दिए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेलका प्रतिस्पर्धा जारी रहेका छन् ।







Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्