Skip to content
nabil bank inside

पोखरा पुगेका कार्यकर्ताले आन्दोलनको फोटोमात्रै पोस्ट गर्न रास्वपाको निर्देशन

nmb bank inside

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न रास्वपाले सूचना जारी गरेको छ ।

रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन् । सोही दिन राति उनलाई पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई आइतबार म्याद थपका लागि आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्