Skip to content
nabil bank inside

भ्रम फैल्याउनेहरूलाई तह लगाउने हैसियत छः प्रधानमन्त्री ओली

nmb bank inside

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झुट र बेइमान कुरा गर्नेहरुलाई उत्तरदायी बनाउने चेतावनी दिएका छन्। रवि लामिछानेको पक्षमा सडकमा प्रदर्शन गरिरहेकाहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका भाषण र जथाभावी बोल्ने कुराहरुलाई उत्तरदायी बनाउने बताएका हुन्।

एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्वसुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू नेतृत्वको सरकार गलत सूचना दिएर मुलुकमा भ्रम फैल्याउनेहरूलाई तह लगाउने हैसियतमा रहेको पनि बताए।

सरकार कमजोर नभएकाले समाजमा अराजकता मच्चाउन खोज्नेहरूलाई उत्तरदायी बनाउने प्रधानमन्त्री ओलीको भनाई थियो। उनले मुलुकका आन्तरिक सुरक्षा कमजोर अवस्थामा पुगेकाले त्यसलाई बलियो बनाउन सरकार लागिपर्ने बताए। प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर विपक्ष दलहरुले जनतामा भ्रम छर्ने कोशिस गरिरहेको पनि दोहोर्याए।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्