काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५ अर्ब ५ करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालय अन्तर्गत ८ अर्ब ७१ करोडमा ५ अर्ब ५ करोड भुक्तानी गरेको बताएका हुन्।
उनले अर्थमन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको बताए । ८ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।
उनले अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीको लागि रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको उल्लेख गरे। शर्माले मन्त्रालय अन्तर्गतका शीर्षकबाट समस्या फुकाउनसक्ने अधिकार दिनुपर्ने बताए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्