Skip to content
nabil bank inside

रास्वपाले माग्यो स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको आवेदन

nmb bank inside

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आफ्ना आकांक्षी सदस्यका लागि फारम भर्न आव्हान गरेको छ। केन्द्रीय निर्वाचन संयोजन समितिले पार्टी मातहतमा गुगल फारम पठाउँदै आकांक्षीबाट आवेदन माग गरेको हो।

फारममा उम्मेदवारले आफ्नो नाम, जन्म मिति, मोबाइल नम्बर, उठ्न खोजेको पद, शैक्षिक योग्यता, पार्टी सदस्यता नम्बर भर्नुपर्नेछ। नागरिकता र मतदाता परिचयपत्र अपलोड गर्नुका साथै निर्वाचन जित्ने आधारहरूसमेत आकांक्षीले फारममा लेख्नुपर्नेछ। फारम भर्नका लागि चाहिने रकम तिरेको भौचर पनि अपलोड गर्नुपर्ने समितिले जनाएको छ। फारम भर्नका लागि पद अनुसार फरक(फरक शुल्क तोकिएको केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले जानकारी दिए।

नगरपालिकाको मेयर,उपमेयरका लागि ३ हजार, पालिका अध्यक्ष,उपाध्यक्षका लागि २ हजार र वडाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने समितिले जनाएको छ। कार्यतालिका अनुसार उम्मेदवारी दर्ता फारम कात्तिक २५ गते दिउँसो २ बजेसम्म भरिसक्नु पर्नेछ। सोही दिन साँझ ८ बजेसम्म उम्मेदवार सबैको प्रारम्भिक नामावली प्रकाशन गरिने तालिका छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्