Skip to content
nabil bank inside

प्रचण्डको आरोपः ओलीले ‘चिनियाँ कार्ड’ खेले

nmb bank inside

काठमाडौँँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाएका छन्।

भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाएका हुन्।

हैदरले प्रधानमन्त्रीका रूपमा ओलीले पहिलो पटक चीनको औपचारिक भ्रमण गर्न लागेको विषयमा प्रचण्डलाई प्रश्न सोधेकी थिइन्। जबाफमा प्रचण्डले ओली सरकारको अपरिपक्वता भएको बताएका छन् । प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकालमा नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गरे ।

प्रधानमन्त्री ओली मंसिर २७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन्।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्