Skip to content

चीन भ्रमणअघि नै भारत जाँदै प्रधानमन्त्री ओली

nmb bank inside

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै सार्वजनिक हुने स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि केही समय अगाडिदेखि नै प्रयास भइरहेको थियो। ओलीले भारतसँगको सम्बन्ध सुधार गर्न विभिन्न माध्यममार्फत प्रयास गरिरहेका थिए। प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले पनि भारत भ्रमण निश्चित भएको पुष्टि गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

स्रोतअनुसार, प्रधानमन्त्री ओली आउँदो डिसेम्बर पहिलो साता भारत जानेछन्। प्रधानमन्त्रीको भारत भ्रमणका कारण चीनतर्फको भ्रमण केही पर धकेलिन पनि सक्नेछ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्