Skip to content

बैकुण्ठ अर्यालले दिए राजीनामा

nmb bank inside

काठमाडौँ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले सोमबारबाट लागू हुने गरी राजीनामा दिएको राष्ट्रिय योजना आयोग स्रोतले जानकारी दिएको छ।

१४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा उनी संलग्न भएको भन्दै गत असार ९ गते अख्तियार दुरूपयोग असुन्धानमा आयोगमा मुद्दा परेपछि मुख्यसचिव रहेका उनी त्यतिबेला निलम्बनमा परेका थिए।

निलम्बन फुकुवा भएपछि सरकारले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणी पद सिर्जना गरी पदमा सार्ने निर्णय गरेको थियो।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्