Skip to content
nabil bank inside

कांग्रेसले दिएको ५० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसले उपलब्‍ध गराएको ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ। गत असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर जनधनको क्षति भएपछि कार्यसम्पादन र संसदीय दल बैठक गरेर कांग्रेसले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सभापति देउवासहित नेताहरूले असोज २० गते प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय वाणिज्य बैंकको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्