Skip to content

उपनिर्वाचनमा माओवादी उम्मेदवारलाई भोट दिन प्रचण्डको अपिल

nmb bank inside

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट दिन अपिल गरेका छन्।

सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै प्रचण्डले सुशासनका निम्ति स्थानीय तहको उपनिर्वाचनमा माओवादीलाई मतदान गर्न अपिल गरेका हुन्।

सुशासनको पक्षमा रहेर भ्रष्टाचार अन्त्य गर्न उपनिर्वाचनमा माओवादीका उम्मेदवारलाई छान्न उनले आह्रवान गरेका छन् । उनले आफू प्रधानमन्त्री हुँदा सुशासन र न्यायको पक्षमा, भ्रष्टाचार र सबैखाले विभेदको विपक्षमा काम गर्नुका साथै देशलाई आर्थिक संकटबाट माथि उठाउने काम गरेको जिकिर गरे।

मुलुकका ४४ स्थानीय तहमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्