Skip to content

सरकारले संसद्लाई टेरेनः माओवादी

nmb bank inside

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई नटेरेको भन्दै सभामुख देवराज घिमिरेलाई सरकारसँग कुरा गर्न सुझाव दिएको छ। संसद्को आगामी अधिवेशनबारे सभामुख देवराज घिमिरेले प्रमुखप्रतिपक्षी लगायतका विपक्षीसँग गरेको छलफलमा माओवादीले यस्तो सुझाव दिएको हो।

संसद्‍मा विचाराधीन विधेयककै अध्यादेश सरकारले ल्याएको भन्दै यसबारे गम्भीर भएर कुरा गर्न सुझाव दिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

सरकारले हालै विभिन्न ५ अध्यादेश ल्याएको थियो। त्यसमध्य आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ संसदीय समितिमै छलफलका क्रममा थियो।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्