Skip to content

सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन सरोकारवालाको सुझाव

काठमाडौं । सुर्तीजन्य पदार्थको सेवनले मानव जीवनमा गम्भीर असर पार्ने भन्दै सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।शुक्रबार विश्व धूम्रपान दिवसका अवसरमा काठमाडौं महानगपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विमल कुमार होडाले सुर्तीजन्य पदार्थको सेवनबाट मानव शरीरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेको हुनाले यसलाई न्युनिकरण गर्न आवश्यक रहेको बताएका हुन्  ।

उनले सुर्तीजन्य पदार्थ नियन्त्रणमा ल्याउन राज्य तथा सरकारी निकायले पनि साथ दिनुपर्ने बताए । उनले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ निषेधित बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘सुर्तीजन्य सेवनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेकाले यसको न्यूनीकरण आवश्यक छ । सुर्तीजन्य पदार्थ नियन्त्रणमा ल्याउन राज्य तथा सरकारी निकायले पनि साथ दिनुपर्छ । सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ निषेध गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी डा. भक्तबहादुर केसीले अहिलेको युवापुस्तामा सबैभन्दा विकराल समस्या नै सुर्तीजन्य पदार्थ सेवन भएकाले यसलाई निययन्त्रण गर्न आवश्यक रहेको बताए ।सुर्तीजन्य पदार्थबाट मानसिक एवम शरीरका विभिन्न अगंमा असर गर्ने भएकाले सचेत रहन आग्रह गरे । सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा रोक लगाउने हो भने हजारौ मानिस अप्रत्यक्ष रुपमा जोगिन सक्ने उनको दाबी छ ।

‘अहिलेको युवापुस्तामा सबैभन्दा विकराल समस्या नै सुर्तीजन्य पदार्थ छ । यसलाई निययन्त्रण गर्नचाँही आवश्यक छ । सुर्तीजन्य पदार्थबाट मानसिक तथा शरीरको प्रत्येक अगंमा असर गर्छ । सुर्तजन्य पदार्थ सार्वजनिक स्थलमा रोक लगाउने हो भने हजारौ मानिस अप्रत्यक्ष रुपमा जोगिन सक्छन्,’ उनले भने ।त्यस्तै नेपाल विकास अनुसन्धान प्रतिष्ठान, अनुसन्धान विज्ञ, डा.जयकुमार गुरुङले हाल दक्षिण एसियामा नेपाल धुम्रपानको पहिलो नम्बरमा परेको जानकारी दिए ।

उनले नेपालमा प्रत्येक बर्ष २८ हजार १ सय १० भन्दा बढी मानिस धुम्रपानको शिकार हुने गरेको भन्दै नेपालमा ६७ लाख भन्दा बढीले धुम्रपान गर्ने गरेको पनि जानकारी गराए ।
हरेक वर्ष मे ३१ मा धूम्रपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराइन्छ । विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ ।

काठमाडौं महानगपालिका वडा नम्बर ७ ले विगत ७ बर्ष देखि धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कार्यक्रम हरु सन्चालन गर्दै आएको छ । वडाले आम जनमानको जीवन वृद्धिका लागि विद्यालय स्तरदेखि नै यसबारे सचे

arrow प्रतिक्रिया दिनुहोस्