काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिता जगत अत्यन्तै जोखिममा रहेको बताएका छन् ।नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा वृहत स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि अझैं पत्रकारिता जगत जोखिमै रहेको बताएका हुन् ।
उनले भने, ‘पत्रकारिता जगत अत्यन्तै जोखिममा छ । एकदमै महत्वपूर्ण भूमिका पत्रकारहरुले निर्वाह गर्नुभएको छ । वास्तवमा लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । देशका निम्ती, समाजका निम्ती बोलिरहने पत्रकारहरुको आफ्नो निम्ती के भैइरहेको छ भन्ने कुरा राज्यले धेरै ख्याल गरिरहेको छ जस्तो देखिँदैन । ’
साथै उनले पत्रकारिता क्षेत्रका लागि एउटा व्यवस्थित योजनाका साथ राज्य अगाडि जानुपर्ने बताए । उनले पारदर्र्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ती पत्रकार जगतको उपस्थिती अनिवार्य रहेकाले यो जगतमा काम गर्नेहरुलाई उत्साहित बनाउन जरुरी रहेको बताए ।
उनले भने, खासगरी पत्रकारिता क्षेत्रका लागि हामीले एउटा व्यवस्थित योजनाका साथ अगाडि जानुपर्छ । समाजका निम्ती पारदर्र्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ती पत्रकार जगतको उपस्थिती अनिवार्य छ । यो जगतमा काम गर्नेहरुलाई उत्साहित बनाउन जरुरी छ । जिवन निर्वाहको व्यवस्थित अवसर पत्रकारिताभित्र हुनुपर्छ भन्ने विषयलाई आत्मसात गरेर त्यहि अनुसारको योजनाहरु बनाइनुपर्छ । पत्रकार महासंघको सदस्य संख्या कति हो ? त्यसको यकिन विवरण हामीलाई दिएर त्यो सदस्य संख्याको आधारमा हामीहरुले पत्रकारहरुलाई निशुल्क उपचार गराउन मन्त्रालय तत्पर छ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्