काठमाडौँ । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध मुद्धा दर्ता भएपछि पार्टीले आफ्नो धारणा दिएको छ । प्रतिक्रिया दिंदै पार्टीले केपी ओलीको निर्देशन अनुसार नेपालविरुद्ध मुद्दा दर्ता भएको दाबी गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेपछि नेपालको सांसद पदसमेत निलम्बनमा परेको छ ।
मुद्धामा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित १८ करोड ५८ लाख ५० हजार रुपैयाँ जरिवाना र सजायको माग गरिएको छ ।