Skip to content
nabil bank inside

राधेश्याम जोन्छेंबारे किताब लेख्नुहोस, देशभर प्रचार गर्नुहोस : देउवा

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्त्तपुरको सुर्यविनायक नगरपालिकामा शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण गरेका छन् ।आइतबार शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले शहीद राधेश्यामको देशभर प्रचार गर्नुपर्ने बताएका हुन्  ।

उनले राधेश्याममाथि हमला हुनुको कारण उनी धेरै लोकप्रिय र लडाकु रहेको बताए । ‘शहीद राधेश्यामको एउटै मात्र दोष उहाँ धेरै लोकप्रिय हुनुहुन्थ्यो । त्यसै कारण उहाँमाथि प्रहार भएको हो । उहाँको दोष लोकप्रिय र लडाकु हुनुहुन्थ्यो । पार्टीप्रति इमान्दार र समर्पित मेरो आत्मिय साथी पनि हुनुहुन्थ्यो । उहाँको सम्बन्धमा किताबहरु लेख्नुछ, प्रचारहरु पुगेको छैन । देशभर प्रचार गर्नुपर्छ । पार्टीमा यस्ता यस्ता नेता थिए भनेर भोलिका सन्ततीलाई प्रेरणा दिने खालको व्यक्त्ति हो,’ उनले भने ।

यसैगरी नेपाली कांग्रेसका उपसभापति तथा सांसद् विमलेन्द्र निधिले राधेश्यामको स्मरण गर्दै राधेश्याममाथी गरेको भौतिक कारवाहीको जवाफ नपाएको बताए । उनले भने, ‘हामीले कृष्ण महरा, पुष्पकमल दाहाल प्रचण्डहरुलाई सोधेको पनि हो । राधेश्यामको के गल्ती थियो र भौतिक कारवाही गर्नुभयो ? तर उहाँले सन्तोषजनक उत्तर दिन सक्नुभएन । उहाँ प्रजातन्त्रवादी हुनुहुन्थ्यो । माओवादीलाई के अप्ठ्यारो परेको भनेर सोधेका छौ तर आजसम्म जवाफ पाएका छैनौ ।’

राधेश्याममाथिको हत्या प्रयासबाट माओवादीहरुले सामाजिक राजनीतिक अपराधिलाई मात्र नभइ प्रजातन्त्रको लागि लड्ने योद्धाहरुलाई पनि सखाप पार्न खोजेको उनले बताए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्