काठमाडौं – नेपाली सञ्चार क्षेत्रमा पछिल्ला केहि दिन यता श्रृंखलाबद्ध ढंगबाट देखिएका घटनाक्रम प्रति मिडिया राइट्स नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।परराष्ट्र मन्त्री एंव नेपाली कांग्रेसको केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको घटनाको मिडिया राइट्स नेपालले कडा शब्दमा विरोध प्रकट गरेको छ ।
नागरिक तथा रिपब्लिका दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर सरकारको परराष्ट्र मन्त्री जस्तो जिम्मेवार ब्यक्तिले फोन गरेर धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि गम्भिर प्रहार भएको ठहर मिडिया राइट्स नेपालले गरेको छ ।नेपाल रिपब्लिक मिडियाले विज्ञप्तीमा भनेको छ – ‘यो घटनाले नेपाल सरकार र नेपाली कांग्रेसको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिको पछिल्लो धारणा केहो भन्ने प्रश्न समेत उत्पन्न गराएको छ ।’
मिडिया राइट्स नेपालले काठमाडौं जिल्ला अदालतले नेपाल खबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार सामाग्री हटाउन दिएको आदेशले प्रेस स्वतन्त्रतामा गम्भिर आघात पुगेको ठहर गरेको छ । सञ्चार माध्यममा प्रकाशित /प्रसारित सामाग्रीमा चित्त नबुझेमा सम्बन्धीत सञ्चार माध्यममा खण्डन पठाउने, प्रेस काउन्सील मार्फत समाधान खोज्ने र त्यसबाट पनि चित्त नबुझे अदालत जाने प्रचलित विधि र प्रद्धति विरुद्ध समाचार सामग्री नै हटाउने आदेश दिनु प्रेस स्वतन्त्रताको प्रचलित मान्यताको विरुद्ध भएको मिडिया राइट्स नेपालका अध्यक्ष रमेश विष्टद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । आदेशमा प्रकाशित सामग्री हटाउन नहुने पत्रकारिताको न्युनतम मान्यता र प्रकाशित समाचार सामाग्रीको सत्यता जाचँमा समेत ध्यान नदिनु आफैमा त्रुटिपूर्ण देखिएको ठहर मिडिया राइट्स नेपालको छ ।
त्यसैगरी पत्रकार दिलभुषण पाठक माथि समाचार प्रकाशन गरेकै कारण पक्राउ पूर्जी जारी गरिएको घटना प्रति मिडिया राइट्स नेपाल आपत्ती प्रकट गरेको छ । राज्यसत्ताको दुरुपयोग गरी पत्रकार माथि पक्राउ पुर्जी जारी गर्ने र धरपकट गर्नु प्रेस स्वतन्त्रता विरोधि कार्य भएको उसले जनाएको छ। पत्रकारितासंग सम्बन्ध नै नराख्ने विद्युतिय कारोबार ऐनको दुरुपयोग गरी पत्रकारीता क्षेत्र माथि काराबाही चलाइनु सैद्धान्तिक रुपमा गलत कार्य भएको भन्दै सञ्चार सम्बद्ध कानुनहरुको निर्माण गरी सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नुको साटो असम्बन्धीत कानुनहरुको दुरुपयोग गरी प्रेसलाई हत्तोसाहित पार्नु गम्भिर चिन्ताको विषय भएको उसले ठहर गरेको छ ।
पत्रकार नारायण अर्याललाई गरिएको धरपकटको पनि मिडिया राइट्स नेपाल कडा शब्दमा आपत्ती प्रकट गरेको छ ।यी घटनाहरुबाट नेपालको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता गम्भिर संटकमा परेको देखिएकाले प्रेस स्वतन्त्रताको सम्बैधानिक हकको सुनिश्चीता गर्न सम्बन्धीत पक्षसंग मिडिया राइट्स नेपालले जोडदार माग गरेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्