Skip to content
nabil bank inside

रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने

nmb bank inside

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले बैठकमा अवरोध कायम राख्ने भएका हुन् ।

आइतबार बिहान सिंहदरबारमा सभामुख देवराज घिमिरेले गरेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले आफूहरुको माग पूरा नगरेसम्म बैठकमा अवरोध कायम रहने बताए ।उनले भने ,‘हामीले भिजिट भिसा र अध्यागमनको प्रकरणमा रास्वपा आन्दोलनमा छ । सरकारले त्यो मुद्दा जुन गम्भीरताकासाथ लिनुपथ्र्यो लिएन । यत्रो मानव तस्करजस्तो मुद्दामा केही सुनुवाई भएन । गृहमन्त्री लेखकको राजीनामा र छानबिन समितिको माग गरिरहेका छौँ । यसमा गम्भिरतापूर्वक लिएर माग पूरा नभएसम्म अवरोध जारी राख्छौँ ।’

उनले प्रमुख प्रतिपक्ष दल माओवादीले न्याय दिनेगरी सहमति नगरेको बताए ।यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि संसदको अवरोध कायम राख्ने बताए ।शुक्रबार सदनमा गृहमन्त्री रमेश लेखकले समिति बनाएर अनुसन्धानलाई सघाउने ठाउँमा उल्टै धम्कीदिने भाषामा प्रस्तुत भएको उनले बताए ।

उनले भने,‘हाम्रो अवरोध कायमै छ र हुन्छ । हामी निरन्तर एकजना भएपनि आफ्नो कुरा राख्छौं । गृहमन्त्रीज्यूले समिति बनाउने कुरा त कता हो कता उल्टै धम्कीदिने भाषामा प्रस्तुत हुनुभयो ।’ यसअघि शुक्रबार कांग्रेस–एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच सदन खुलाउन दुईबुँदे सहमति भएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्