काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै उनले बजेट पुस्तिका सदनमै च्यातेका हुन् ।
उनले भने, ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन । एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु ।’
भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखलाई सम्बोधन गर्न नसकेको उनको गुनासो छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्