Skip to content

१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

nmb bank inside

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

कालो सूचीमा सिफारिस भएका निर्माण व्यवसायी र आपूर्तिकर्ता :
१. श्री शिवम कन्स्ट्रक्सन नेपालगञ्ज
२ श्री ग्यालेक्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. टोखा ९, काठमाडौँ
३.श्री जय मयुरी ट्रेडिङ प्रा.लि. पीपलचोक, मोरङ
४.श्री पूर्णागिरि निर्माण सेवाअमरगढी ८, डडेल्धुरा
५.श्री जि.बि. मेटल क्राफ्ट एन्ड सप्लायर्स प्रा.लि.वीरगञ्ज, पर्सा
६.श्री सिल्क/सिनोम्याक /ग्लोबलम्याटिक्स /विध जे.भी.कुपण्डोल, ललितपुर
७.श्री यू एण्ड आईरहिमचुली जे।भी। ठूलीभेरी ०३, डोल्पा
८.श्री दुर्गा निर्माण सेवा सोरहवा ०८, बर्दिया
९.श्री दिप ज्योती निर्माण सेवा बरियारपट्टी ०१, सिराहा
१०. M/S Sahayogi Contractors and Trading Company Pvt. Ltd.

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्