काठमाडौँ । भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरी सई कमल खड्काको जिम्मेवारी खोसिएको छ ।नेपालगञ्जमा कार्यरत खड्कालाई ट्राफिक ड्युटीबाट हटाएर प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) बोलाइएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले हस्ताक्षर प्रकरणबारे छानबिन गर्न खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरेका छन्। सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेको समर्थनमा रास्वपाले नागरिकस्तरबाट हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो।
यही अभियानमा ट्राफिक सई खड्काले पनि हस्ताक्षर गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्