काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले पार्टीको निर्देशन आए पद छाड्न तयार रहेको बताएका छन्। संघीय निजामती विधेयक समितिबाट पारित भएकोभन्दा फरक प्रावधानसहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि उनी विवादमा तानिएका थिए।
सो विषयमा विपक्षी दलहरूले खतिवडाको राजीनासमेत माग गरेका छन् । पार्टीको बैठकमा बोल्दै खतिवडाले भने, “सभापतिको हैसियतमा मबाट गल्ती भएको छ। पार्टीले बाहिर बस भन्छ भने म तयार छु।” उनले संसदीय समिति बदनाम हुने गरी काम नगर्न आग्रह गर्दै, समिति गठन भएर जुन निर्णय आउँछ, त्यसको पालना गर्न आफू तयार रहेको स्पष्ट पारे।
खतिवडाले पार्टीभित्र शीर्ष नेताहरूलाई कमजोर बनाउने प्रवृति बढेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, “पार्टीमा सभापति, उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भइरहेको छ। यो प्रवृत्ति कहाँसम्म पुग्छ?बैठकमा उनले थपे, ‘यदि हामी आरोप–प्रत्यारोपमै सीमित भयौं भने कार्यकर्ता र जनताले के गर्ने? पार्टी नेतृत्व कमजोर हुँदै गयो भने को बलियो हुन्छ?’
खतिवडाले पार्टीभित्र गगन थापाजस्ता नेताहरू कमजोर पारिँदा त्यसको असर सिंगो पार्टीमा पर्ने भन्दै बालकृष्ण खाँण, मोहनबहादुर बस्नेत, रमेश लेखक र आरजु देउवाको पनि नाम उल्लेख गर्दै ती सबै पार्टी पंक्तिका नेताहरू हुन् भने।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्