काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका विकास आयोजना तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरेका हुन् ।
उनले अघिल्लो कार्यकालमा समयसीमा तोकेर काम गर्ने परिपाटी नरहेको जनाउँदै हाल त्यसको सुरुवात भएको दाबी गरे ।‘हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,’प्रधानमन्त्री ओलीले लेखेका छन् ।
उनले नागरिक सेवा प्रवाहमा सुधार ल्याउन आवश्यक कानुन संशोधन गरिएको जनाउँदै सेवा लिन लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भई अनलाइन प्रणालीतर्फ उन्मुख भइसकेको बताए ।‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ओलीले लेखे, ‘गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’
प्रधानमन्त्री ओलीले आफ्नो सन्देशको अन्त्यमा सबै नागरिकप्रति नमन व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्