काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् ।बिहीबार राजधानीमा ४० जना सांसदहरुसँग ‘नेपालले सिड रिपोर्टमा के पठाउँदै छ ?’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले नेपालको संविधान र सरकारी प्रयासले महिला–पुरुषबीच समानता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका हुन् ।
मन्त्री साहले भने, ‘हाम्रो देशले राम्रो प्रगति गरेको छ । हाम्रो संविधानले महिला र पुरुषलाई कसरी समानताको अधिकार दिन्छ, कसरी समान अवसर प्रदान गर्छ भन्ने सवालमा काम गरेकै छ ।’उनले मन्त्रालयले दुईवटा समितिहरू गठन गरेको जानकारी दिँदै सिडको सेन्ट्रल कमिटीमा २३ सदस्य रहेको र तीमध्ये एकजना नेपाली प्रतिनिधि रहेकोमा गौरव व्यक्त गरे । मन्त्री साहले मधेस प्रदेशमा महिलाको हकमा ५० प्रतिशत आरक्षण लोकसेवा आयोगमार्फत लागू गराएको दाबी पनि गरे ।
‘हाम्रो मन्त्रालयले दुईवटा कमिटी बनाएको छ । जसमा सिड्को सेन्ट्रोल कमिटी छ, त्यसमा २३ जना सदस्य हुनुहुन्छ । त्यसमा पनि नेपालले गौरव गर्नुपर्ने स्थान ओगेटेको छ । जसमा एकजना नेपालको पनि सदस्य हुनुहुन्छ । महिलाको सम्बन्धमा धेरै काम गरेको छु र गर्दै आएको छु । सातवटै प्रदेशमध्ये मधेश प्रदेशमा मंैले ५० प्रतिशत आरक्षण गराएको छु, जुन ऐतिहासिक कदम हो,’ उनले भने ।
कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले कानुन निर्माण भएपनि कार्यान्वयन पक्ष अझै कमजोर रहेको बताए ।उनले भने, ‘महिलाहरुलाई सशक्तिकरण कसरी गर्ने भन्ने सवालमा अझै धेरै काम गर्न बाँकी छ । समाजमा व्याप्त छाउपडी प्रथा लगायतका विकृतिहरु हटाउन प्रभावकारी नीति र क्रियाशील कार्य आवश्यक छ ।’
कार्यक्रममा सहभागी सांसदहरूले पनि महिला अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न सिड रिपोर्टमार्फत अन्तर्राष्ट्रिय समुदायसामु नेपालको प्रतिबद्धता मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्