Skip to content
nabil bank inside

‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’

nmb bank inside

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भंग गर्ने र लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बनेको आरोप लगाएका छन् ।बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलमिच्याईले बनेको भन्दै संसद भंग गर्ने पूर्वसर्त राखेर कार्की प्रधानमन्त्री भएको आरोप लगाएका हुन् ।

उनले भने,‘अहिले देशमा सरकार छ । तर संविधान अनुसार बनेको छैन् । बलमिच्याईले बनेको सरकार छ । अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नको लागि सर्त राख्नुभयो । तुरुन्तै सपथग्रहण गरेर तुरुन्तै संसद भंग गर्ने सिफारिस गर्छु त्यो लागू गर्नुपर्छ र संसद भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु नत्र देशमा जेनजीले आगो बाल्छ भन्नुभयो । संसद भंग गर्ने पूर्वसर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।’

त्यस्तै उनले अहिले देश र देशको सार्वभौमसत्तामाथि हमला भइरहेको धारणा राखे । अर्थतन्त्रमा बलियो होला भन्ने चिन्ताले हमला भइरहेको उनको ठम्याई छ । ‘देश र देशको सार्वभौमसत्तामाथि हमला छ । देशको भौगोलिकता माथि हमला छ । देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ता छ कसैलाई, त्यसकारण पनि हमला भइरहेको छ,’उनले भने ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्