Skip to content

बालेन र सुदन गुरुङविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो ।

नेविसंघले आन्दोलनमा आउन विद्यार्थीहरुलाई उक्साएको, आगजनी तोडफोडमा गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा  अनुसन्धान हुनुपर्ने  माग गरेको छ।

उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् । उनीहरुले बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेका छन् ।त्यसलगै नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्