Skip to content
nabil bank inside

सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली

nmb bank inside

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी भएको आरोप लगाएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित देशको समसामयिक विषयमा पार्टी अध्यक्षसँगको विद्धत् वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको आलोचना गरे ।

उनले भने, ‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन । मानव अधिकार आयोगबाहेक कुनै पनि जागिरमा पूर्व प्रधानन्यायाधीश जान मिल्दैन । तर जानीजानी संविधान मिचेर प्रधानमन्त्री बनेको यो सरकार प्रष्ट रूपमा प्रतिगामी हो ।’

ओलीले सरकार ‘हाहाको भरमा बनेको’ भन्दै व्यंग्य पनि गरे । उनले भने, ‘शासनमा डिस्कर्डबाट पुगेको अरे! दुनियाँको कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्छ ? २–३ हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भएर भोटिङ गरेको रे! कसले गन्यो त्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पा¥यो अमेरिकामा जस्तो ? यस्तो हावाको भरमा बनेको सरकार हो यो ।’त्यसैगरी, ओलीले पार्टीभित्रका असन्तुष्ट प्रवृत्तिमाथि पनि कटाक्ष गरे । उनले कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रियावादीहरूले गर्ने गरेको बताए ।

उनले भने, ‘कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रयावादीहरुले आफ्नो पार्टीलाई गाली गर्छन् र छोड्छन् । यति सेन्टीमेण्टल नहुनुपथ्र्यो । तर कोही कोही मान्छे भएको देखियो । यस्तो चाँडो तात्ने र सेलाउने आल्मोनियम पनि गर्दैन । आल्मोनियम भन्दा पनि पातलो आल्मोनियम जस्तो छिट्टै तात्ने, छिट्टै सेलाउने हामीले गर्नु हुँदैन । हामी एउटा महान उदेश्य लिएर जन्मिएका हौं । हाम्रो आन्दोलन,हाम्रो पार्टी महान आन्दोलन लिएर जन्मिएको हो ।’

ओलीले एमालेलाई महान आन्दोलनबाट जन्मिएको पार्टी भन्दै संगठनभित्र अनुशासन र धैर्यको आवश्यकता दोहोर्याए ।साथै उनले सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा रहेकाले नेकपा एमाले निराश हुन नजान्ने बताए ।उनले भने, ‘यी सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा छ । नेकपा एमाले निराश हुन जान्दैन । हतोत्साही हुन जान्दैन । यसले समाज विज्ञानलाई बुझेको छ । समाज कसरी अघि बढ्छ भन्ने कुरालाई बुझेको छ । समाज पछाडि फर्कंदैन,’ ओलीले भने ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्