काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् ।आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् ।
‘जेनजी आन्दोलनले समकालिन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरी कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौं २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’त्यस्तै उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र राष्ट्रको चिन्ता गर्नेहरु एकठाउँमा आउनेदिन भएको बताए ।
उनले भने,‘आजको यो घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र होइन् । यो संकटको घडीमा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र यो राष्ट्रको चिन्ता गर्नेहरु र राष्ट्र बचाउनुपर्छ भन्नेहरु एकठाउँमा आउनेदिन हो ।’
त्यस्तै उनले संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथि पनि धेरै संकट मुर्झाएको धारणा राखे ।आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्