Skip to content
nabil bank inside

१६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनुपर्छ : वामदेव गौतम

nmb bank inside

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनुपर्ने माग गरेका छन् । बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले अमेरिकासहितका अन्य देशहरुमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानूनी प्रावधान जरुरी रहेको पनि बताएका छन् ।

नेपाली युवाहरु विश्वभर छरिएका र उनीहरुले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिनसक्ने वातावरण बनाउनुपर्ने समेत बताएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्