काठमाडौँ । एमालेबाट पाल्पा–२ मा ठाकुर गैरे उम्मेदवार हुने भएका छन् । जनताको रोजाइलाई सम्मान गर्दै एमालेले पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गैरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस निर्णयलाई स्थानीय जनभावना, पार्टी संगठनको सुझाव र क्षेत्रप्रति गैरेको दीर्घ योगदानलाई सम्मान गरिएको सकारात्मक कदमका रूपमा हेरिएको छ। एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल मंगलबार बिहान गैरेको टिकट लिएर पाल्पा जाँदै छन् । घर्तीले भने, ‘पार्टीले अन्ततः पाल्पा–२ का कार्यकर्ता र जनताको स्पष्ट चाहनालाई प्राथमिकतामा राखेर निर्णय गरेको हो।’ गैरेले पनि आफूले टिकट पाएको पुष्टि गर्दै पार्टी र जनताप्रति आभार व्यक्त गरेका छन्।
यसअघि विभिन्न चरणमा छलफल हुँदा फरक–फरक नामहरू अगाडि आए पनि अन्तिम निर्णय जनताको विश्वास जित्न सक्ने उम्मेदवारमै केन्द्रित भएको एमाले नेताहरूको भनाइ छ। अघिल्लो निर्वाचनमा विजयी भइसकेका गैरे पार्टी संगठन निर्माणदेखि क्षेत्रको विकास र जनसरोकारका मुद्दामा सक्रिय रहँदै आएका छन्। स्थानीय तहका कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणबीच ठाकुर गैरेप्रति व्यापक समर्थन देखिँदै आएको छ।
पार्टी संगठनसँगको बलियो सम्बन्ध, निरन्तर जनसम्पर्क र क्षेत्रप्रतिको प्रतिबद्धताका कारण अन्य उम्मेदवारको तुलनामा गैरेलाई पुनः जनताले निर्वाचित गरेर पठाउने सम्भावना उच्च रहेको एमाले नेताहरूको विश्वास छ। एमालेले पाल्पा–२ मा जनताको रोजाइलाई केन्द्रमा राखेर उम्मेदवार चयन गरेसँगै पार्टीभित्र उत्साह बढेको छ भने चुनावी प्रतिस्पर्धामा पार्टी अझ सशक्त हुने अपेक्षा गरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्