काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।
बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गरेका छन् । नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न आग्रह गरेका छन् ।
आफूले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा साहले के गरे ? भन्दै प्रश्न गरे । साहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको गुनासो गरेको पनि बताएका छन् ।
हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने पनि बताएका छन् । उनले नेकपा एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको पनि बताएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्