Skip to content

बैतडी बस दुर्घटनाः गगन थापाद्वारा दुःख व्यक्त गर्दै घाइतेको उपचारका लागि सरकारसँग आग्रह

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरे । सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको खबरले आफूलाई मर्माहत तुल्याएको बताए ।

थापाले पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकाकूल परिवारजनमा पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्  । सभापति थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरे । बिहीबार जन्ती बोकेको बस दुर्घटना भएको थियो ।

बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौंडी–७ बडगाउँ मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्