Skip to content

विष्णु पौडेलको आग्रह : निर्वाचनको परिणामबाट विचलित नहुनुस्

nmb bank inside

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।शनिबार सामाजिक संजालमार्फत उपाध्यक्ष पौडेलले राजनीतिको यात्रा लामो भएकाले अहिलेको निर्वाचनको परिणामबाट विचलित नहुन आग्रह गरेका हुन् ।

‘पार्टीका सम्पूर्ण कमरेडहरूलाई मेरो एउटै आग्रह छ, निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस् । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन्,’ उनले लेखेका छन् ।

उनले विगतमा भएका कमजोरको गम्भीर समीक्षा गर्न र जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले लेखेका छन्, ‘विगतमा हाम्रातर्फबाट भएका गल्ती कमजोरीको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न र एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत रहेको उल्लेख गर्दा रुपन्देही २ का मतदाताको फैसलालाई सविनय र सहर्ष स्वीकार गरेका छन् ।
आफू पदमा रहे नरहे पनि रुपन्देहीको विकास समृद्धि र मतदाताको दु:खमा साथ र सक्रियता सधै निरन्तर रहने दाबी गरे ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्