Skip to content

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन् । बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनलाई सम्बोधन गर्दै उनले गुटगत राजनीति त्याग्न आग्रह गर्दै सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

‘आँखामा जुन पट्टि आउँछ अब त्यो पट्टि हामीले खोल्नुपर्छ नत्र पुराना राजनीतिक दललाई जसरी ३५ ३६ वर्ष विश्वास गरेर कुरे हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैन । किनकी कानुन निर्माताको रुपमा तपाईंहरुको दौड स्वार्थ समुहको घरघरमा हैन, गुट बनाएर कांग्रेस, एमालेलाई जितिँदैन साथिहरु, कुनै गुट बनाउन पर्दैन, घण्टीका मुनी सबै अटाउन सक्छौँ । घण्टीसँग त्यती धेरै तागत छ, कुनै गुट बनाउन पर्दैन,’ उनले भने ।

उनले विभिन्न शक्ति एक ठाउँमा उभिँदा पनि आफूहरू नडराएको र नहल्लिएको उल्लेख गर्दै नागरिकको चेतनामाथि विश्वास भएकै कारण अघि बढ्न सफल भएको बताए ।

लामिछानेले अब परिणाम देखाउने समय आएको उल्लेख गर्दै चुनावमार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने तयारीमा रहेको बताए ।
उनले भने, ‘यो देशका सम्पूर्ण शक्तिहरु एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं, हामी डराएनौ। हामी हल्लिएनौ । किनकी हामीलाई नागरिकको चेतनामाथि विस्वास थियो । एक पटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ भनेर ८४ कुरेका थियौं।’

उनले कार्यकर्तालाई सचेत गराउँदै भने आफू केन्द्रित राजनीतिबाट बाहिर उठ्न नसके देश केन्द्रित राजनीतिक गर्न नसके भने पुराना राजनीतिक दलका नेताहरुको भन्दा बत्तर अवस्था हुने बताए ।

‘अब आँखामा जुन समस्या देखिन्छ, त्यसलाई समाधान गर्न तत्काल लाग्नुपर्छ, नत्र जनताले पुराना दललाई जस्तै लामो समय कुर्दैनन्,’ उनले भने ।
साथै, व्यक्तिगत स्वार्थ र पदलोलुपता त्यागेर देश केन्द्रित राजनीति गर्न नसके पुराना दलभन्दा पनि खराब अवस्था आउने चेतावनी दिए।
‘आफ्नो हैसियत र पदमा केन्द्रित हुने होइन, देशलाई केन्द्रमा राख्न सक्नुपर्छ,’ उनले जोड दिँदै उनले भने,‘आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ भनेर म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने पुराना राजनीतिक दलका नेताहरुको भन्दा बत्तर हुन्छ मेलै पहिलो दिनमा नै भनेको छु । त्यसकारण आफूलाई केन्द्रमा राख्ने हैन ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्