काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणका लागि जुम्ला पुगेकी छिन् । मुगुको रारा ताल भ्रमण सकेर उनी जुम्ला पुगेकी हुन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार उनी रारा तालको अवलोकनपछि जुम्ला पुगेकी हुन् ।प्रधानमन्त्रीको औपचारिक कार्यक्रम कुनै नभए पनि रारा भ्रमणपछि प्रधानमन्त्री कार्की एक दिन जुम्लामा बास बसेर भोलि बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने तालिका छ ।

कार्की मुगुबाट जुम्लाको नम्बर २४ बाहिनीमा आउनु भएको र यही बास बस्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले जुम्लाको चन्दननाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।