काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले अहिलेको सरकारले जेनजी सम्झौता अक्षर सहित पालना गर्न आग्रह गरेका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पहिलो चोटी सम्बोधन गर्दै उनले १० बुँदे सम्झौताको अक्षर सहित पालना नगरे स्वीकार्य नहुने बताए ।
उनले भने, ‘जुन जेनजी सम्झौता गरिएको छ १० बुँदे त्यो सम्झौताको अक्षर सहित पालना गरिओस् । शुसीला कार्की सरकार नेतृत्वले जेनजी आन्दोलनसँग गरेको सम्झौता यताउता भयो भनेदेखि स्वीकार्य हुने छैन ।’ साथै उनले संसदभित्र भइरहेको राजनीतिक परिवर्तनमाथि पनि धारणा व्यक्त गर्दै संसदभित्र अब पुराना पातहरु हट्दै गएको बताए । उनले संसदमा नयाँ पालुवाहरु पलाउँदै गर्दा आज राजनीतिको परिभाषा परिवर्तन भएको बताए ।
उनले भने, ‘संसदभित्र अब पुराना पातहरु हट्दै गएका छन् । नयाँ पालुवाहरु पलाउँदै आएका छन् । बसन्तको बहार भएको देखिन्छ । आज यो बसन्तको बहार भैइराख्दाखेरि यी युवा अनुहार भनेको अब यी पालुवा पलाउने छन्, फूल्ने छन्, फल्ने छन् र जनतालाई त्यो फल चखाउने छन् भनेर विश्वास गर्न सकिन्छ । आज राजनीतिक पोलटिकल प्याराडाइम सिफ्ट भएको छ, आज राजनीतिको परिभाषा परिवर्तन भएको छ, नेतृत्वको परिभाषा परिवर्तन भएको छ ।’
साथै उनले राजनीतिको परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा रवि लामिछाने मात्र जन्मेको बताए ।उनले भने, ‘यो परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा यतिखेर रवि लामिछाने जन्मेको छ । जसले राजनीतिको परिभाषा परिवर्तन गरेको छ, नेतृत्वको परिभाषा परिवर्तन गरेको छ, अब पोलिटिकल डिसकोर्ड त्यो बाटोमा अगाडि बढ्दैछ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्