काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न देशमा रहेका नेपालीलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नभइ राष्ट्र निर्माणमा सहनिर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप, दृष्टिकोण सीप, अनुभव र नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्य राख्दै अभियान सञ्चालन गरेको जनाएको छ ।
विभागदे ‘प्रवास सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ । जसमार्फत नेपालीलाई औपचारिक रूपमा पार्टीसँग जोड्ने उद्देश्यले आगामी चरणमा कम्तिमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएका छ ।
त्यसैगरी, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न प्रोफाइल बैंक स्थापना गर्ने योजना अघि सारिएको छ।
विभागले नेपालमा लगानीका सम्भावना पहिचान गर्ने, विदेशमा हासिल गरिएका सीपहरूको उपयोग गर्ने, स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास गर्ने र स्वदेश फर्कन लगानीकर्तालाई मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।
प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम सञ्चालनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्