Skip to content

सरकारले हङकङस्थित नेपाली महावाणिज्यदूत लेखकलाई बोलायो फिर्ता

nmb bank inside

काठमाडौं । इजरायलमा अध्ययनका लागि गएर ज्यान गुमाएका विपिन जोशीको परिवारलाई सरकारले १० लाख सहयोग दिने भएको छ । लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजाको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनले भने ‘लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजाको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।’

यसैगरी सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।हिजो बसेको मन्त्रिपरिषद्को बैठकले लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनले भने, ‘नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने ।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्