काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले समय मागेका थिए ।
बोल्नका निम्ति हात उनले उठाए र उनी उठ्न खोजे । त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए ।सभामुखबाट समय प्राप्त भएपछि उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको बताए।
यसअघि प्रधानमन्त्रीले संसदमा उपस्थित भई जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका थिए । प्रधानमन्त्री शाहको आजको उपस्थितिसँगै सांसदहरूले उठाएका विषयमा प्रत्यक्ष जवाफ दिने प्रक्रिया अघि बढेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्