Skip to content

भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभएको छ : सांसद शाही  

nmb bank inside

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानविनको माग गरेका छन्।

उनले भने,‘सुशासनको पक्षमा हामीले हरियो रिबन बाँधेका थियौं, आन्दोलन पनि गरेका थियौं, छानबिन समितिको माग पनि गरेका थियौं। तर यो सत्ताको कुर्सी गजबको हुँदो रहेछ, यताबाट उता सर्दा सबै बिर्सिने हुँदो रहेछ । भन्सार कर छलीको कुरामा अर्थमन्त्रीज्यूले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । समिति रहरले माग गरेको होइन । अर्थमन्त्रीज्यूलाई काम गर्न नदिने भन्ने पनि होइन।’

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरेलगत्तै अर्थमन्त्रीले पटक–पटक करका दरहरू चलाएको र सूचना चुहाएको आरोप लागेको छ ।

यसै सम्बन्धमा अर्थमन्त्री वाग्लेले बुधबार अर्थ समितिको बैठकमा उपस्थित हुँदै आफूले विनियोजित विधेयक नचलाएको दाबी गरेका थिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्