Skip to content

प्रधानमन्त्रीले तीन करोड जनतालाई हेप्नुभयो : सांसद पोखरेल

nmb bank inside

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिनुभएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको टिप्पणी गरे ।

उनले भने,‘प्रधानमन्त्रीज्यूले जे कुरा अभिव्यक्त गर्नुभयो, आज १९ दिन भयो उहाँले संसदमा आएर यसको विषयमा मैले गल्ती गरे भन्नुभएको छैन । देशलाई हेप्नुभयो । तीन करोड नेपाली जनतालाई हेप्नुभयो । राष्ट्रविरुद्ध बोल्नुभयो । प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो । त्यसैले प्रधानमन्त्री संसदमा आएर यसविषयमा स्पष्ट पार्नुपर्छ ।’

त्यसैगरी, उनले कर छली गरेर भित्र्याइएका बीवाईडी गाडी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेका छन् । उनले यस विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै सरकारको जवाफदेहितामा जोड दिएका छन् ।

‘प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भनाइलाई सच्याउन, प्रधानमन्त्रीको भनाई रेकर्डबाट हटाउन र कर छली गरेर भित्र्याइएका बीवाईडीका गाडीका सम्बन्धमा संसदीय छानबीन समिति बनाउन माग गर्छु ।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्