Skip to content

प्रभु बैंकका सीइओलाई खुलापत्र -‘मिडियालाई दोष लगाउनुअघि गैरजिम्मेवार सूचना अधिकारीलाई हटाउनूस्’

nmb bank inside

प्रभु बैंकका सीइओ साप,

मिडियामा आएका समाचार भ्रामक भन्दै विज्ञप्ति जारी गर्नुभएछ । समाचार सत्य थिए कि थिएनन् भन्ने बुझ्ने जिम्मेवार पाठक भएको स्थितिमा पाठकप्रति तपाईंहरुको अवमूल्यनको हिसाबकिताब पाठकहरुकै जिम्मा ।

कुन समाचार भ्रामक भयो ? राष्ट्र बैंकले बैंकलाई कारवाही गरेको विषय भ्रामक भयो भनौं भने राष्ट्र बैंकले विज्ञप्ति नै जारी गरेर प्रभु बैंकलाई कारवाही गरेको भनेको छ । संचालक अम्बिका लामिछानेले बैंकको स्रोत दुरुपयोग गरेको समाचार भ्रामक भनौं भने उनका छोराको नाममा रहेको सरस्वति इभेन्ट्सले बैंकबाट करोडौं रुपैयाँ लगेको स्टेटमेन्ट नै सार्वजनिक भएको छ । रमेश राज अर्याल विवादित पात्र भएको खबर भ्रामक भनौँ भने, स्वयम् राष्ट्र बैंकले उनलाई कारवाही गरेको विषय प्रष्ट छ । बिर्खबहादुर बस्नेत सम्बन्धि समाचार भ्रामक भनौं भने, उनले स्वयम् आफु घरी संस्थापक घरी सर्वसाधारण समूहबाट संचालक भएको कुरा प्रष्ट पारेका छन् ।

रश्मी पन्त पक्राउ परेको खबर सार्वजनिक स्वयम् प्रहरीले विज्ञप्ति मार्फत गरेको छ, त्यसलाई भ्रामक भन्न पक्कै मिलेन । बैंकका बदमासी छताछुल्ल परेको खबर भ्रामक हो भनौं भने राष्ट्र बैंकले नै सोको विवरण सार्वजनिक गरेको छ । एजीएम रमेश कुमार श्रेष्ठलाई प्रतिशोध साँधेर सरुवा गरियो भन्ने विषय भ्रामक भनौँ भने यो कुरा स्वयम् श्रेष्ठको भनाई हो ।

विज्ञप्तिमा तपाईंले भन्नुभएछ- ‘समाचार एकतर्फी भयो’

दुईतर्फी होस् भनेर सबै मिडियाले तपाईंको सूचना अधिकारीलाई फोन गरेका छन् । अव रबिन्द्र ढकाल मिडियाको फोन उठाउँदैनन्, आफ्ना पकेटका बाहेक अरु संचारकर्मीको फोन रेस्पोन्स गर्दैनन् त मिडियाको के दोष ? यस्ता गैरजिम्मेवार मान्छेलाई सूचना अधिकारी राख्ने तपाईं, अनि दुवैतिरको कुरा मिडियाले कुन दुलोबाट ल्याउनु ? होइन र ?

ढकाल त अशोक शेरचनको विरुद्ध समाचार लेख्नेको मात्र फोन उठाउँछन् भन्ने कुरा कतिपय तथ्यले देखाउँछ । बैंकमा कुन बेला प्रहरी आयो, गयो, को पक्राउ पर्यो भन्ने न्युज लेख्नेको फोन उठाउने, अनि अरु कुरा पनि समाचार हुन्छन् भन्ने कुराको फोन नउठाउनेलाई पहिला हटाएर हेर्नुहोस् त, अनि पो थाहा हुन्छ, नेपालका मिडियाहरु कति जिम्मेवार छन् भनेर ।

सूचना अधिकारी भनेको मिडिया बुझेको हुनुपर्छ, न कि मिडियाविरोधी । ढकाल त आफ्ना केहि पकेटका साथीबाहेक सबै मिडियालाई विरोधी देख्छन् । उनकै गैरजिम्मेवारीका कारण धेरै संचारकर्मीले समाचार संकलनमा समस्या भोग्नुपरेको तथ्य तपाईंले बुझ्न ढिलो गर्नु हुँदैन । तत्कालीन ग्लोबल आईएमई बैंकमा उनी के झमेला परेर निस्के, तपाईंलाई थाहा नै छ, मिडियासँग बहस गर्ने हैसियत भएको व्यक्तिलाई सूचना अधिकारी राखेन मिडिया पनि जिम्मेवार हुन्छ, बैंकको पनि भनाई आउँछ । बेलैमा सच्चिए राम्रो होला । मिडिया ब्लकेड गर्दा राजा त सक्किए, तपाईं त बैंकको ४ बर्षको पाहुना, होइन र ?

  • प्रभु बैंकका सूचना अधिकारी रविन्द्र ढकालले फोन नउठाएर वाक्क दिक्क भएको एउटा जिम्मेवार पत्रकार
dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्