१९ औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनीका दृश्यहरु
तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
ललितपुरको गोदावरीमा आजबाट १९ औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु भएको छ । बिहीबारबाट सुरु भएको प्रदर्शनी आगामी सोमबारसम्म पाँच दिन सञ्चालन हुनेछ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलका पाँचवटा मुख्य प्रजातिबीच प्रतिस्पर्धा गराइनेछ । मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्