काठमाडौँ। शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । हिजो दोहोरो अंकले बढेको बजार आज ५.४५ अंकले घटेर बन्द भएको हो ।
आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४८ कम्पनीको २ करोड २८ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४. ९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४. ०८ प्रतिशतका दरले गुमाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्