Skip to content

पत्र पाएको छैन,पाए पनि जरिवाना तिर्दैनौँः एमाले

nmb bank inside

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तोकेको पत्र नै नपाएको एमालेले जनाएको छ। एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले हालसम्म उक्त पत्र प्राप्त नभएको जानकारी दिए।

गत शुक्रबार दरबारमार्गमा एमालेले सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र सामाजिक संजालमा सार्वजनिक भएको थियो।

पत्र पाए पनि जरिवाना नतिर्ने एमाले केन्द्रीय कार्यालय सचिव अधिकारीले बताए। यता,महानगरपालिकाले भने उक्त पत्र एमालेलाई पठाइसकेको जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शुक्रबार नै पत्र पठाइसकेको जानकारी दिए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्