काठमाडौँ । माछापुच्छ्रे बैंकमा पछिल्लो समय गरिएको प्रमोसनलाई लिएर बैंकभित्र चरम असन्तुष्टी देखिएको छ । बैंकका सीइओ सन्तोष कोइरालालाई काँग्रेस नेताले ‘फलानोलाई प्रमोसन गरिदिनू’ भनेर पठाएको मेसेजकै भरमा कमजोर पर्फर्मेन्स भएकाहरुलाई प्रमोसन गरिदिएपछि कर्मचारीको गुनासो बढेको हो ।
अर्थ खबरको सम्पर्कमा आएका बैंकका एक कर्मचारीले काँग्रेस भएका कारण आफुभन्दा निकै कमजोर पर्फर्मेन्स भएकाको प्रमोसन भएको तर, आफु गैर राजनीतिक व्यक्ति भएकै कारण प्रमोसन नभएको गुनासो गरेका छन् । ‘जेनजीको आन्दोलनपछि पनि हाम्रा सरहरु चेत्नुभएनछ । काँग्रेस नेताले फोन लगाएका केहिको काम नै नहेरी प्रमोसन भयो, हाम्रो भएन ।’ ती कर्मचारीले भने -‘अव त बैंकमा गुड मर्निङ्ग भन्दा पनि जय नेपाल भन्नुपर्ने दिन आएजस्तो छ ।’
अर्थ खबरको सम्पर्कमा आएका अर्का एक कर्मचारीले त बैंकभित्र काँग्रेसबाहेक कसैको कुरै नसुनिने समय आएको ठोकुवा गरे । ‘काँग्रेस नेताको कार्यक्रम भनेपछि लाखौँ रुपैयाँ विज्ञापनका नाममा दिईहाल्ने, काँग्रेसको फोन भनेपछि काम नगरे पनि बढुवा भईहाल्ने, कोहि काँग्रेसीसँग निहुँ खोज्यो भने सो कर्मचारीको सरुवा भईहाल्ने, यहाँ त सीइओले बैंक चलाएको हो कि पार्टी भनेजस्तो भईसक्यो ।’
बैंकका अन्य सिनियर कर्मचारी पनि बैंकमा काँग्रेसी नेताले भनेको धेरै हदसम्म लागु हुने बताउँछन् । यस विषयमा बुझ्न स्वयम् कोइरालालाई फोन गर्दा पनि उनी सम्पर्कमै आउन चाहिरहेका छैनन् ।
यता यस विषयमा र यीनै लगायत अन्य विषयमा बैंकको धारणा लिन हामीले बैंकका सूचना अधिकारी सुनिल खतिवडालाई सम्पर्क गरेका थियौँ । तर उनी निरन्तर फोन अफ गरेर बसेका छन् । बैंकले उनको जिम्मेवारी खोसेको हो भने पनि सोको जानकारी बैंकको वेव साइटमा दिईएको छैन ।
बैंक पछिल्लो समय बाणिज्य बैंकहरुमध्येकै सबैभन्दा बढी विवादमा तानिएको बैंक हो । बैंकबाट निरन्तर ग्राहक र क्लाइण्टका गोप्य विवरण लिक गरेको स्वीकार गर्दा पनि बैंककी कर्मचारी सुनिता शर्मालाई सीइओ कोइरालाले जोगाईराखेका छन् भने सूचना अधिकारी प्रश्नको सामना गर्न नसकेर प्रश्नबाट भागिरहेका छन् ।
बैंकमा भएको प्रमोसनका विषयमा स्वयम् संचालकले प्रश्न उठाएका थिए । यतिसम्मकि संचालकले प्रश्न उठाएपछि बैंकका सीइओ कोइरालाले बैंकका दुई संचालकलाई लिएर इजिप्ट भ्रमणमा गएको चर्चा बैंकभित्र चुलिएको थियो । स्वयम् बैंकका अधिकारीहरुलेसमेत त्यसको पुष्टी गरिसकेका छन् ।
सीइओ कोइराला निकट बैंकका डेपुटी जनरल मेनेजर सुवास जमकट्टेल पनि हाल तालिम भन्दै मेक्सिको घुमिरहेका छन् । कोइराला निकट भएकै कारण घुमफिरको अवसर जमकट्टेललाई मात्र भएको भन्दै बैंकभित्र नातावाद र कृपावाद हाबी भएको चर्चा चलिरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्