Skip to content

रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो

nmb bank inside

काठमाडौँ । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदातल पुर्‍याइएको छ ।

काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरी अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले लामिछानेलाई म्याद थपका लागि गत मंगलबार अदालतमा उपस्थित गराएको थियो।

प्रहरीले २५ दिन म्याद मागेकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको समय दिएको थियो। यसअघि अदालतले थप अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्